रचना पत्रिकाको अङ्क २०१ पठनीय लाग्यो ! भाउपन्थी, रमेशजङ्ग सिजापतिका लेख, संस्मरण पठनीय छ ! ज्ञानुवाकर पोडेलका मुक्तकहरु वाह ! भन्नु पर्ने खालका छन् ! रचनामाथिको किशोर पहाडीको पाठकीय दृष्टि स्वादिलो छ ! लघुकथाहरु अलि सटीक र धारिला हुनुपर्थ्यो ! पृष्ठ र रचनाका हिसाबले रचना अलि मोटाएछ ! अन्य लेख रचना पनि स्तरीय छन् !
रचना पढिरहँदा छुट्टै किसिमको आनन्द मिल्छ !
लीलाराज दाहाल