‘रचना’ द्वैमासिक नेपाली साहित्यमा अहिले प्रकाशनमा आइरहेका साहित्यिक पत्रिकाहरूमध्ये नेपालबाट प्रकाशित हुने सबैभन्दा पहिलो साहित्यिक पत्रिका हो । पारिजात, भैरव अर्याल, रमेश विकल लगायत नेपाली साहित्यमा ख्याति कमाएका साहित्यकारहरू यसै पत्रिकाका माध्यमबाट उदाएका हुन् । यस अर्थमा रचनाको नेपाली साहित्यमा विशिष्ट योगदान छ । अहिले पनि पाठकको रोजाइमा पर्ने दुई – चार वटा साहित्यिक पत्रिकामध्ये ‘रचना’ एउटा हो। यस अर्थ यसले नेपाली साहित्यमा खेलेको भूमिकालाई हामी नेपाली साहित्यका पाठकले बिर्सनु हुँदैन।
अच्युत घिमिरे