व्यङ्ग्यका अक्षराधिपति भैरव अर्यालद्वारा न्वारन गरिएकाे याे रचना द्वैमासिक नेपाली वाङ्मयकाे रत्नैरत्नले भरिएकाे सन्दुक हाे । यसमा छापिएर स्वनामधन्य बनेका साहित्यकार बग्रेल्ती हाेलान् । निजी प्रयासले छ दशक हिँडेर यहाँसम्म आइपुग्नु सानाेतिनाे तपश्याले हुने त पक्कै हाेइन हाेला । राेचक सरलाई रचनाकाे पर्यायवाची बनाएकाे त्यत्तिक्कै हाेइन । नेपाली वाङ्मयकाे आकाशमा टाढाबाट देखिने चम्किलाे तारा हाे रचना । यसकाे निरन्तरताकालागि र यसले प्रविधिमैत्री बनेर संसार डुल्न निस्केकाे छ । शुभयात्रा तथा गन्तव्यमा पुग्न शुभकामना भनाैं ।